हतियार ओसारपसारमा हतियार सहित ४ पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
हतियार ओसारपसारमा हतियार सहित ४ पक्राउ

सारांश

  • जनकपुर, असोज ५ हतियार ओसारपोसारमा संलग्न रहेको आरोपमा धनुषामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • आइतबार पक्राउ पर्नेहरूमा धनुषा विदेह नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, सोही ठाउका १९ वर्षिय सोबिन मण्डल, सोही नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अविनाश मण्डल र सिरहा औरही गाउँपालिका–६ घर भई हाल धनुषाको विदेह नगरपालिक–६ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।
  • आरोपित अविनाशले आफ्नो घरमा कटुवा पेस्तोल राखेको गोप्य सूचना प्रहरीले पाएको थियो ।

जनकपुर, असोज ५
हतियार ओसारपोसारमा संलग्न रहेको आरोपमा धनुषामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार पक्राउ पर्नेहरूमा धनुषा विदेह नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, सोही ठाउका १९ वर्षिय सोबिन मण्डल, सोही नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अविनाश मण्डल र सिरहा औरही गाउँपालिका–६ घर भई हाल धनुषाको विदेह नगरपालिक–६ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।

आरोपित अविनाशले आफ्नो घरमा कटुवा पेस्तोल राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सो सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्दाबाट खटेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेपछि आरोपित अविनाशले प्रहरीलाई दिएको बयान अनुसार ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए।

पक्राउ परेका ४ जना हतियार ओसापसार कार्यमा संलग्न देखिएको अनुसन्धानबाट फेला परेको प्रहरीको दावी छ। पक्राउ परेकाहरु माथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?