एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

सारांश

  • काठमाडाैं।
  • नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ।
  • बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

काठमाडाैं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन्।
बैठक भोलिसम्म जारी रहने छ। यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो।[image: Prime-Minsiter-KP-Sharma-Oli-NCP-Central-Committee.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?