पौडेलको जिल्लामा ओलीको प्रचार
सारांश
- हेलिकोप्टरबाट तनहुँ उत्रिनेबित्तिकै पत्रकारले एमाले अध्यक्ष केपी ओलीलाई सोधे, ‘अध्यक्षज्यू तपाईं रामराज्यमा वामराज्य बनाउन आउनुभएको हो ?
- ’ उत्तर दिनुअघि उनी मुस्कुराए ।
- मुस्कुराएरै भने, ‘थाहा पाउनुभएको रै’छ त ।
हेलिकोप्टरबाट तनहुँ उत्रिनेबित्तिकै पत्रकारले एमाले अध्यक्ष केपी ओलीलाई सोधे, ‘अध्यक्षज्यू तपाईं रामराज्यमा वामराज्य बनाउन आउनुभएको हो ?’ उत्तर दिनुअघि उनी मुस्कुराए । मुस्कुराएरै भने, ‘थाहा पाउनुभएको रै’छ त ।’
दौरासुरुवाल र भादगाउँले ढाकाटोपीमा सजिएका एमाले अध्यक्ष केपी ओली सिम्रिक एयरको हेलिकोप्टरबाट तनहुँ उत्रिएका थिए । बिपी वनवाटिकाको खेलमैदानमा उत्रिनासाथ उनले दुई हात जोडे । उनी कार्यकर्ता र पत्रकारबाट घेरिइसकेका थिए ।
ओलीलाई सञ्चारकर्मीले प्रश्न राखिरहेका थिए । तर, उनी धेरै बोल्न चाहेनन् । ओली वाम गठबन्धनको आमसभालाई सम्बोधन गर्न शनिबार तनहुँको दमौली आएका थिए । उनीसँगै प्रचण्ड पनि आउने कुरा थियो । तर, रामबहादुर थापा बादल आए ।
ओलीले भने, ‘म मरिसकेको मान्छे बाँचेको हुँ, म देशका लागि मर्न तयार छु, तर देशका लागि शिर झुक्न दिन्नँ ।’ उनले नाकाबन्दीताका जनताले सास्ती पाएको स्मरण गराए । ‘मैले देश बनाउने जिम्मा लिएको छु, त्यसैले देश बनाउन पछि हट्दिनँ,’ उनले भने ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला आएका उनले पौडेलको नाम लिएर विरोध भने गरेनन् । उनले अधिकांश समय देशको विकासप्रति चिन्ता लिए । देश विकासका लागि पाँच सय अर्ब अमेरिकाबाट आइसकेको बताए । उनले भने, ‘अब जापान र कोरियाबाट पनि थैली रेडी बनाएर बसेका छन्, केही दिनभित्र आउँदै छ ।’
घुमाउरो पारामा वरिष्ठ नेता पौडेललाई इंगित गर्दै उनले भने, ‘२७ वर्षसम्म पनि तनहुँमा केही विकास नभएको देख्दा दुःख लागेको छ, अब यहाँको विकास म गर्छु ।’ वाम गठबन्धनले बहुमत ल्याएर स्थायी सरकार बनाउने उनले बताए ।
Bahadur Bishnu
chor ukhan tukaly hunx bikash
Chandra Bahadur Khamcha
Garni matrai ho jitni paudele ho.
Rabi Prakash Malla
Ukhaane tyaha ni pugexa!!