हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन

सारांश

  • भक्तपुर, ८ वैशाख , २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ ।
  • अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो ।
  • सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले सार्थकता पाउनुपर्ने बताउँदै नदीलाई सधँै सफा राख्न स्थानीयवासीले फोहर फाल्न रोक्नुपर्ने बताउनुभयो ।

भक्तपुर, ८ वैशाख , २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ ।

अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो ।

सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले सार्थकता पाउनुपर्ने बताउँदै नदीलाई सधँै सफा राख्न स्थानीयवासीले फोहर फाल्न रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाउने घोषणा गरिएको बताउँदै अब जनता नदी सफा राख्न आफै जाग्नुपर्ने बताउनुभयो ।

गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हँुदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, विद्यार्थी, स्थानीयवासी लगायत करीब ५०० जनाको सहभागिता रहेको थियो ।

आजको हनुमन्ते सफाइमा ११ टन फोहोर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले अभियानमा उत्साहजनक रुपमा सहभागिता बढेको बताउँदै अहिलेसम्म १०१ टन फोहोर संकलन गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?