बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

सारांश

  • गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ ।
  • वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
  • उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताउनुभएको छ ।

गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताउनुभएको छ । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महीनामा रु दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उहाँको भनाइ छ ।

मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको रु ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिनुभएको छ ।

आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाका अनुसार मासिक रु ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करीब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी मध्ये अबको राष्ट्रपति को ?
यी मध्ये अबको राष्ट्रपति को ?
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
यूरोपमा कोरोना महामारीको दोस्रो लहर झन् भयावह, फ्रान्स र जर्मनीद्वारा लकडाउन
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
डोजरले हानेर एक विद्यार्थी घाइते
डोजरले हानेर एक विद्यार्थी घाइते