घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

सारांश

  • काठमाडौं, ११ माघ ।
  •  काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।
  • सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

काठमाडौं, ११ माघ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।

सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।’

यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन् । उनले भने, ‘सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन, यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ ।’

यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ । त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ ।

प्रयोगकर्ताले काठमाडौँ डट जिओभी डट एनपी (kathmandu.gov.np) मा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ ।

यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महाशाखाले विश्वास लिएको छ ।

शर्मिला पाठक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
स्वदेशमै टर्कीपालन गरी आयआर्जन
स्वदेशमै टर्कीपालन गरी आयआर्जन
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
खोटाङमा सरकारि कार्यालयमा चाेरी
खोटाङमा सरकारि कार्यालयमा चाेरी
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !
बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाउन सभामुखको जोड
असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाउन सभामुखको जोड