हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

सारांश

  • बीबीसी।
  • हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्।
  • न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई मिटू अर्थात् म पनि पीडित भनिने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ।

बीबीसी। हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्।

न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई मिटू अर्थात् म पनि पीडित भनिने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ।

न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ।

तर वाइन्सटिनमाथि लागेको सबैभन्दा गम्भीर मुद्दामा भने उनले सफाइ पाएका छन्।

वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ।

सन् २०१३ मा लस एन्जेलसमा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।

पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर जित्न सफल चलचित्रका कारण उनले निकै ख्याति कमाएका थिए।

सात जना पुरुष र पाँच महिला रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा उनीविरुद्ध फैसला सुनाएको हो।

सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो।

अदालतले उनलाई तत्काल जेल चलान गर्न आदेश सुनाएको थियो।

वाइन्सटिनले भने सबै आरोपको खण्डन गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?