खोलामा बाढी आउँदा ढुंगामा बसेर उद्दारको पर्खाई
सारांश
- काठमाडौं ।
- हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।
- काभ्रेमा बाढी आउँदा १७ जना स्थानीय अलपत्र परेका छन् ।
काठमाडौं । हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।
काभ्रेमा बाढी आउँदा १७ जना स्थानीय अलपत्र परेका छन् । खोलामा बाढी आएपछि ढुंगामा बसेर उद्दारका लागि पर्खिरहेको बताइएको छ ।
काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेको बताइएको छ ।
नमोबुद्धमा डिप बोरिङ गरिरहेका दुईजना रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दरको तयारी भैरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया