एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने

सारांश

  • काठमाडौ ,२८ चैत   ।
  •   त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ ।
  • त्रि.

काठमाडौ ,२८ चैत   ।  त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि.विले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो ।

नयाँ भर्ना शुल्क अन्तर्गत त्रि.विले क्लिनिकल तर्फको एमडी/ एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको वैठकले एमएडी /एमएस तर्फको शुल्क निर्धारण गरेको त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

उनले भने, ‘त्रि.वि आफैमा स्वायत्त संस्था हो । त्यसै अनुरुपमा यर्थाथता हेरेर आगामी शैक्षिक शत्रका लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेका हौ ।

उनले त्रि.वि कुनै व्यक्ति विशेषको नभई स्वायत्त भएका कारण आवश्यक्तालाई ध्यानमा राखेर नै शुल्क निर्धारण गरिएको जानकारी दिए ।

यस अघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस’एमडीएस)को शुल्क २३ लाख हुनु पर्ने माग राख्दै आएका थिए । त्रि. वि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएस/एमडीएसको शुल्क २३ लाख पुर्‍याउन सिफारिस गर्दै आएका थिए ।

त्रिवि कार्यकारी परिषद्को वैठकले विशेषज्ञ अध्ययनको शुल्क २२ लाख कायम गरेसँगै यो रकममा थप एक लाख कम भएको छ ।

एमडीएमएस तहको शुल्क निर्धारण भएसँगै त्रिविले नयाँ भर्ना प्रकि्रया शुरु गर्न आइतबार नै सम्बन्धित मेडिकल कलेजहरुलाई पत्र पठाइसकेको छ ।

त्रिवि अन्तर्गत एमडीएम र एमडीएस अध्ययन हुने कलेजहरुमा हाल महाराजगञ्ज मेडिकल क्याम्पस, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज, यूनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज, पोखरा, पिपुल्स डेन्टल कलेज, काठमाडौ लगायत रहेका छन् ।

२०७४ चैत २८ गते १२:१४ मा प्रकाशित २८ चैत्र, काठमाडौ । त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि.विले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो ।

नयाँ भर्ना शुल्क अन्तर्गत त्रि.विले क्लिनिकल तर्फको एमडी/ एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको वैठकले एमएडी /एमएस तर्फको शुल्क निर्धारण गरेको त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

उनले भने, ‘त्रि.वि आफैमा स्वायत्त संस्था हो । त्यसै अनुरुपमा यर्थाथता हेरेर आगामी शैक्षिक शत्रका लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेका हौ ।

उनले त्रि.वि कुनै व्यक्ति विशेषको नभई स्वायत्त भएका कारण आवश्यक्तालाई ध्यानमा राखेर नै शुल्क निर्धारण गरिएको जानकारी दिए ।

यस अघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस’एमडीएस)को शुल्क २३ लाख हुनु पर्ने माग राख्दै आएका थिए । त्रि. वि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएस/एमडीएसको शुल्क २३ लाख पुर्‍याउन सिफारिस गर्दै आएका थिए ।

त्रिवि कार्यकारी परिषद्को वैठकले विशेषज्ञ अध्ययनको शुल्क २२ लाख कायम गरेसँगै यो रकममा थप एक लाख कम भएको छ ।

एमडीएमएस तहको शुल्क निर्धारण भएसँगै त्रिविले नयाँ भर्ना प्रकि्रया शुरु गर्न आइतबार नै सम्बन्धित मेडिकल कलेजहरुलाई पत्र पठाइसकेको छ ।

त्रिवि अन्तर्गत एमडीएम र एमडीएस अध्ययन हुने कलेजहरुमा हाल महाराजगञ्ज मेडिकल क्याम्पस, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज, यूनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज, पोखरा, पिपुल्स डेन्टल कलेज, काठमाडौ लगायत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?