हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित

सारांश

  • काठमाडौं २१ जेठ – हवाई इन्धको मूल्य बढेसँगै आन्तरिक तर्फको हवाइ भाडा बढ्ने भएको छ ।
  • इन्धनको मूल्य बढेकाले वायुसेवा सञ्चालक संघले भोलि मंगलबारदेखि आन्तरिकतर्फको भाडा बढाउने निर्णय गरेको छ ।
  • मूल्य बढेपछिको नयाँ भाडादरअनुसार काठमाडौं – धनगढीमा २ सय रुपियाँ बढेको छ ।

काठमाडौं २१ जेठ – हवाई इन्धको मूल्य बढेसँगै आन्तरिक तर्फको हवाइ भाडा बढ्ने भएको छ । इन्धनको मूल्य बढेकाले वायुसेवा सञ्चालक संघले भोलि मंगलबारदेखि आन्तरिकतर्फको भाडा बढाउने निर्णय गरेको छ ।

मूल्य बढेपछिको नयाँ भाडादरअनुसार काठमाडौं – धनगढीमा २ सय रुपियाँ बढेको छ । नयाँ भाडादर अनुसार १२ हजार ८ सय ७० हुने भएको हो । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।

त्यसैगरी माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढेर अब ११ हजार ४ सय ७० कायम हुने भएको छ । यसअघि ११ हजार ३ सय रहेको थियो ।

काठमाडौं -पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुने संघले र्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?