विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन कारण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन  कारण

सारांश

  • धेरै मानिसहरुको ध्यान अब विश्वकपको फाइनल खेलमा पुगेको छ ।
  • यस्तोमा आइतबार पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले फ्रान्सको सामना गर्दैछ ।
  • नेपाली समयअनुसार बेलुका पौने ९ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुनेछ ।

धेरै मानिसहरुको ध्यान अब विश्वकपको फाइनल खेलमा पुगेको छ । यस्तोमा आइतबार पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले फ्रान्सको सामना गर्दैछ ।

नेपाली समयअनुसार बेलुका पौने ९ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा जित हासिल गर्दै पहिलोपटक विश्वकपको उपाधि जित्ने दाउमा क्रोएसिया रहेको छ ।  समुहचरणदेखि नै विभिन्न चुनौतीहरुको सामना गर्दै आएको टोलीका लागि फाइनलमा फ्रान्सलाई हराउनसक्ने आधारहरु यसप्रकार छन् ।

१. उत्प्रेरणा
क्रोएसियाका प्रशिक्षक ज्लाट्को ड्यालिकले यो टोलीमा निकै ठुलो उत्प्रेरणा भर्ने काम गरेका छन् । क्रोएसियामा फुटबलको वातावरण कहिल्यै पनि राम्रो हुन सकेन तर पनि त्यसलाई व्यवस्थापन गर्दै टोली विश्वकपको फाइनलमा आइपुगेको हो । ५० दिनको बसाइमा अहिले भने क्रोएसियाका सबै खेलाडीहरु परिवारजस्तै गरी बसेका छन् । लगातार पछिल्लो तीन खेलमा अतिरिक्त समयमा खेल पुगेको भए पनि उनीहरु पूर्ण ऊर्जाको साथमा खेलिरहेका छन् ।

२. मानसिक अवस्था र स्वभाव
डेनमार्क, रसिया र इंगल्याण्डसँगको खेलमा क्रोएसियाले आफ्नो मानसिक अवस्था र स्वभावलाई प्रमाणित गरेको छ । यी सबै खेलमा पहिला गोल खाएर गो फर्काउँदै बराबरी गर्दै क्रोएसियाले खेललाई अतिरिक्त समयमा लगेको थियो ।

क्रोएसियाका कप्तान लुका मोड्रिचले आफूहरुले आफ्नो स्वभावको परिचय यो विश्वकपमा दिइसकेको बताएका छन् । उनले फ्रान्ससँगको खेलमा पनि यसअघिको जस्तै खेल प्रस्तुत गर्ने योजनामा आफूहरु रहेको उनले बताए ।

३. अनुभवका साथै आत्मविश्वास
मोड्रिच क्रोएसियाको टोलीका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी खेलाडीका साथै टोलीका अन्य खेलाडीहरु पनि विश्वका प्रमुख क्लबहरुबाट फुटबल खेल्दै आएका छन् । जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलजस्ता टोलीहरुबाट खेल्ने खेलाडीहरु रहेका छन् ।

२७ वर्ष १० महिना औसत उमेर रहेको यो टोलीमा पूर्ण आत्मविश्वास देखिन्छ । उनीहरुको लागि आइतबारको खेलमा क्लबबाट खेल्दा हासिल गरेकोअनुभव र आत्मविश्वासलाई वास्तविकतामा उतार्ने मौका हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?