गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लियो– रमेश पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
४० पटक हेरिएको
Shares
गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लियो– रमेश पौडेल

सारांश

  • काठमाडौं ।
  • युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयक विरुद्ध आन्दोलन गरिएकोमा आश्चर्य प्रकट गरेका छन् ।
  • सनराइज खबरसँग कुरा गर्दै उनले भने– ‘गुठी विधेयक मैले पूरै पढें ।

काठमाडौं । युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयक विरुद्ध आन्दोलन गरिएकोमा आश्चर्य प्रकट गरेका छन् ।सनराइज खबरसँग कुरा गर्दै उनले भने– ‘गुठी विधेयक मैले पूरै पढें । राष्ट्रिय सभामा दर्ता भएको छ । सार्वजनिक भइसकेको दस्तावेजका बारेमा समेत यति झुठ कुरा गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास देखेर म छक्क परेको छु ।’गुठी विधेयक विरुद्ध मधेसवादी दलभित्रका केही पहाडी अनुहारहरुले आन्दोलन थालेको र उनीहरुका पछाडि नेपाली कांग्रेस लाग्नु अनौठो लागेको उनले बताए । उनले भने– ‘कुनै न कुनै बहानामा उनीहरुलाई आन्दोलन गर्नु थियो, आन्दोलन पनि जातीय धार्मिक सदभाव विथोल्ने खालको गर्नु थियो, उनीहरुले गुठी विधेयकलाई बहाना बनाए ।’

‘तर मलाई अचम्म लागेको छ’– उनले भने– ‘उनीहरुले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेका छन् कि जनताको एउटा तप्का भ्रमित हुन थालेको छ । उनीहरुले विधेयकका खासखास टुक्रा निकालेर नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । म सबैलाई विधेयक पढ्न अनुरोध गर्छु ।’नेपालमा कांग्रेसले गुठी जग्गा स्वाहा पारेको दावी गर्दै रमेशले भने– ‘०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा भूमिसुधार मन्त्री थिए, उनले एक सय ६० रुपैयाँ तिरेर गुठी जग्गालाई रैतानीमा परिणत गर्न सकिने व्यवस्था ल्याए । उनको पालामा ठूलो परिमाणमा गुठी जग्गालाई रैतानीमा परिणत गरेर लुट मच्चाइएको थियो । यही धन्दा गरेर कांग्रेसका धेरैजनाले काठमाडौंमा घर ठडाएका थिए ।’

०४१ सालदेखि ०६४ साल बीचमा ११ लाख विगाहा जग्गा गुठीबाट रैतानीमा परिणत गरिएको तथ्यांक प्रस्तुत गर्दै रमेशले भने– ‘गुठी प्राधिकरण बनाइएपछि गुठी जग्गा लुट्न नपाइने भयो । यसबाट भूमाफियाहरु पीडित हुने भए । त्यसैले भूमाफियाहरुले गुठी विधेयक खासगरी काठमाडौंको नेवार समुदाय विरोधी छ भनेर दुष्प्रचार गरिरहेका छन् ।’गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लिएको दावी गर्दै उनले भूमाफिया र सामन्तहरुले कुन हालतमा नजित्ने दावी गरे ।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल
प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल
महजोडीकाे स्कुल हुम्लामा संचालन !
महजोडीकाे स्कुल हुम्लामा संचालन !
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु