नेमार फ्री किकमा चुक्दा…
सारांश
- शिखरन्युज, ४ असार – विश्वकै सबैभन्दा महंगा खेलाडी रहेका नेमारले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको छ ।
- उनले कुनैपनि गोल गर्न सकेनन् ।
- नेमारले फ्री किक पाएका थिए ।
शिखरन्युज, ४ असार – विश्वकै सबैभन्दा महंगा खेलाडी रहेका नेमारले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको छ । उनले कुनैपनि गोल गर्न सकेनन् । नेमारले फ्री किक पाएका थिए । तर उनले गोल गर्न सकेनन् । नेमारले गोल गर्न नसक्दा उनका फ्यान निराश बनेका छन् ।
रसियामा भइरहेको विश्वकपमा निकै प्रतिस्पर्धा भइरहेको छ । राति भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएको छ।
रसियाको रोस्टोभ एरेनामा आइतबार नेपाली समय अनुसार राति पौने १२ बजे भएको खेलमा ब्राजिलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले गोल गरेका थिए । त्यसैगरी दोश्रो हाफको ५० औं मिनेटमा स्विजरल्याण्डका स्टेभन जुबेरले गोल हानेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया