चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा

सारांश

  • काठमाडाै, ४ मंसिर।
  •   वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा ध्रुवराज अधिकारीले सरकारले खटाएको स्थानमा जानु पर्ने भएपछि सरकारी सेवाबाट राजिनामा दिएका छन् ।
  • चाकडी र घुस दिन नसक्दा वीर अस्पताल बाहिर पठाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

काठमाडाै, ४ मंसिर।  वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा ध्रुवराज अधिकारीले सरकारले खटाएको स्थानमा जानु पर्ने भएपछि सरकारी सेवाबाट राजिनामा दिएका छन् । चाकडी र घुस दिन नसक्दा वीर अस्पताल बाहिर पठाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

गत मंसिरमा आठौं तहबाट नवौं तहमा बढुवा भएका अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा दरबन्दी खालि नभएपछि पदस्थापनका लागि गण्डकी अञ्चल अस्पताल पोखरा खटाएको थियो । तर, डा अधिकारी सरकारले खटाएको स्थानमा एक दिन पनि हाजिर नभएको रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सह सचिव जनार्दन गुरागाईका अनुसार अधिकारीले पोखरामा एक दिन पनि हाजिर गरेका छैनन्। वीरमा नवौं तहको दरबन्दी खाली नभएपछि केही समयका लागि अधिकारीलाई पोखरा सरुवा गरिएको हो ।

एक दिन हाजिर गर्न जा भने मैले मानिनः डा अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अधिकारीलाई एक दिन हाजिर गरेर आउन भनेको थियो । तर, अधिकारीले अटेर गरेर वीरमै बसेको मन्त्रालयले जनाएको छ । हाजिर हुन पोखरा नगएपछि अधिकारीले एक वर्षको तलव पाएका छैनन् । अहिले वीरमा ९औं तहको दरबन्दी खाली छ ।
‘मन्त्रालयले बढुवा भएपछि पोखरा पदस्थापन गरेको हो, मैले जान मानिन,’ उनले भने, ‘अहिले पनि कानुनी रुपमा एक दिन हाजिर गरेर आउनुस् काज मिलाउँला भनेको छ तर, मैले नमाने कै हो, एक दिन हाजिर गरेर के हुन्छ ?’

तर उनै अधिकारिले स्वास्थ्यमन्त्रालयलाइ सम्बाेधन गर्दै अाफुले मागेकाे घुस रकम दिन र चाकडि गर्न नसक्दा राजिनामा दिएकाे पत्र लेखेका छन् ।उनले वीरले पुर्वाग्रहका साथ दुख दिएकाे पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?