हातीसंग रमाउने “चौधौ चितवन हात्ती महोत्सव”को तयारी सुरु !
सारांश
- चितवन,१ पुष ।
- पर्यटकीय नगरी चितवनको सौराहामा चौधौ हाती महोत्सव हुने भएको छ ।
- सौराहामा आज शनिवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराईएको हो ।
चितवन,१ पुष । पर्यटकीय नगरी चितवनको सौराहामा चौधौ हाती महोत्सव हुने भएको छ । सौराहामा आज शनिवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराईएको हो । पर्यटनहरुको प्रबद्धन गर्ने अद्देयश्यले पर्यटकीय नगरि सौराहामा यही पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव गर्न लागिएको हो । विगतका संस्करणमा भन्दा यस पटको संस्करणमा केहि परिर्बतन गरिएको छ । समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्क्षित गर्ने छ ।
अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिख सम्म हुने कार्यक्रमको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहा रहेको छ । भने मुख्य सह आयोजकमा युनाईटेड हात्ती हात्ती सहकारी संस्था रहेको छ । त्यसैगरी सहआयोजकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति,बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन,रेवान सौराहा,सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समुह रहेका छन ।
चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका रहेको छ । सो महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान समेत गरिने आयोजकले जनाएको छ । महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटो,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।
सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया