सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी

सारांश

  • काठमाडाैं।
  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन्।
  • उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।

काठमाडाैं। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन्। कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए।

सिन्धुपाल्चोक-२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो। तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए। सिन्धुपाल्चोक-२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा माओवादी केन्द्रकै कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?