पशुपतिशमशेर र लोहोनीसँग एकता गर्ने प्रयासमा राप्रपाका नेताहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पशुपतिशमशेर र लोहोनीसँग एकता गर्ने प्रयासमा राप्रपाका नेताहरु

सारांश

  • काठमाडौं, पुस २० ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिदै गएको छ ।
  • अध्यक्ष कमल थापाले शहरी विकास मन्त्री बनाइएका आफ्नै दलका नेता दिलनाथ गिरीलाई मन्त्रीबाट फिताए बोलाएपछि अधिकंश नेताहरु रुष्ट बनेका छन् ।

काठमाडौं, पुस २० ।  राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिदै गएको छ । अध्यक्ष कमल थापाले शहरी विकास मन्त्री बनाइएका आफ्नै दलका नेता दिलनाथ गिरीलाई मन्त्रीबाट फिताए बोलाएपछि अधिकंश नेताहरु रुष्ट बनेका छन् ।
थापाले पार्टीभित्र निरङ्कुश शैली प्रयोग गरेको भन्दै नेताहरुले आपत्ति जनाउन थालेका छन् । गिरीलाई मन्त्री पदबाट हटाउने अध्यक्ष थापाको पत्राचारपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गरेका थिए ।

अहिले शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापाले नै लिएका छन् ।

उपप्रधानमन्त्री थापा र गिरीबीच पछिल्लो मन्त्रिपरिषद् बैठकमा भनाभन भएको थियो । त्यसको भोलिपल्टै थापाले पार्टीको बैठक राखेर गिरीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए ।

यही घटनालाई लिएर अहिले थापाको आलोचना सुरु भएको हो । नेताहरुले कमल थापाको शैलीले पार्टी चल्न नसक्ने भन्दै राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहोनी नेतृत्वको पार्टीसँग एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

अध्यक्षबाट थापालाई हटाएर पशुपतिशमशेर राणा र लोहोनीसँग एकता गर्ने प्रयास सुरु भएको हो । नाम नबताउने शर्तमा एक नेताले थापा अध्यक्ष हुँदासम्म पार्टी क्लबको हैसियतमा रहने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?