इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते

सारांश

  • काठमाडौं ।
  • सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुई सैनिक घाइते भएको सिरियाली सेनाले जनाएको छ ।
  • आक्रमण सिरियाली गोलान हाइट्सको दिशाबाट शुरु गरिएको थियो ।

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुई सैनिक घाइते भएको सिरियाली सेनाले जनाएको छ । आक्रमण सिरियाली गोलान हाइट्सको दिशाबाट शुरु गरिएको थियो ।

यसैबीच युद्ध पर्यवेक्षक सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायली हवाई हमलामा दुई अज्ञात व्यक्तिहरू मसाकिन अल–दिमासको आवासीय क्षेत्र र दमास्कसको उत्तरपश्चिममा कुदसया उपनगरमा रहेको सैन्य साइटहरूमा मारिएको बताएको छ ।

इजरायली क्षेप्यास्त्रहरूले दमास्कसको दक्षिणी भागमा रहेको सइदा जेनाब क्षेत्र नजिकै लेबनानी हिजबुल्लाह लडाकु समूहसँग सम्बन्धित सैन्य स्थानहरूलाई पनि निशाना बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?