हायात होटल विवाद : के छ सरकारलाई बुझाएको प्रतिवेदनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
हायात होटल विवाद : के छ सरकारलाई बुझाएको प्रतिवेदनमा

सारांश

  • काठमाडौं – तारागाउँ विकास समिति र हायात होटल जग्गा विवादबारे छानबिन गर्न बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
  • मंगलबार भूमि व्यवस्था तथा अभिलेख विभाग समितिका संयोजक निर्देशक समरबहादुर सिंह ठकुरीले सरकारलाई प्रतिवेदन बुझाएका हुन् ।
  • समितिले चार हप्ता लगाएर अध्ययन–अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो।

काठमाडौं – तारागाउँ विकास समिति र हायात होटल जग्गा विवादबारे छानबिन गर्न बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।

मंगलबार भूमि व्यवस्था तथा अभिलेख विभाग समितिका संयोजक निर्देशक समरबहादुर सिंह ठकुरीले सरकारलाई प्रतिवेदन बुझाएका हुन् । समितिले चार हप्ता लगाएर अध्ययन–अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई प्रतिवेदन बुझाएका हुन्।

मन्त्रालयका अनुसार प्रतिवेदन दिएपछि आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयले भूमि प्रशासन महाशाखालाई लेखी पठाएको छ।

तत्कालीन सरकारले २०४९ भदौ ५ मा निर्णय गरेर एक सय ५० रोपनी जग्गा तारा गाउँ रिजेन्सी होटल हायातलाई दिएको थियो। उक्त जग्गा होटलमा शेयरका रूपमा सरकारले राखेको थियो ।

(https://ayvnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?