कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

सारांश

  • काठ्माडौ ।
  •  कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
  • जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् ।

काठ्माडौ । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् । उनलाई नेकपा (एमाले) का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएक छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ कास्की-२ (१) मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याएका छन् ।

सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?