राजपामा दलका नेताका कारण भाँडभैलाे !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राजपामा दलका नेताका कारण भाँडभैलाे !

सारांश

  • काठमाडौं, २६ असार ।
  • राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेताको लागि चुनाव हुने भएको छ ।
  • स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने निश्चित् भएको हाे।

काठमाडौं, २६ असार । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेताको लागि चुनाव हुने भएको छ ।

स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने निश्चित् भएको हाे।

राजपाका एक नेताले दिएको जानकारी अनुसार आउने शनिबार दलको नेताको लागि चुनाव हुने भएको छ । यो बीचमा सर्वसम्मतीको लागि अन्तिम प्रयास गर्ने तर शुक्रबारसम्मपनि कुनै सहमति हुन नसके अन्तिममा चुनावी प्रतिपष्र्धा नै हुने भएको हो ।

अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई सर्वसम्मती बनाउने आवाज उठिरहेको बेला राजेन्द्र महतोले उनलाई टक्कर दिने तयारी गरेका छन् ।

महतो दलको नेतामा उठ्ने तयारी गरेसँगै अहिले राजपामा चुनावको तयारी भएको छ । स्रोतले दिएको जानकारी अनुसार संयोजक ठाकुर भने सर्वसम्मती हुन नसके चुनाव नलड्ने पक्षमा समेत पुगेका छन् ।

राजपामा अहिले १७ सांसद छन् । यसमध्ये सांसद रेशमलाल चौधरी भने जेलमा छन् । १६ जनामा संयोजक ठाकुर र अर्का सदस्य महतो दुवैसँग ८ ८ जना सांसदहरु छन् । एक नेताले भने,‘हाम्रो पार्टीको संसदीय दलको निर्वाचन भनेको २० २० क्रिकेटजस्तै हो, दुवैजना सँग बराबरी सांसद छन्, तर हाम्रो प्रयास भनेको सर्वसम्मती नै गर्ने हो।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Madan Khotange

    Mahanta thakurlai diye hunxa kina lafada garnu paryo

    Comment Author

    Tanka Giri

    दुइटै उस्तैहुन यो दुबैमा कसैलाइ नदिनु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?