आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी

सारांश

  • इटहरी, २३ कात्तिक ,नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ ।
  • इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।
  • ” सुनसरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएकी नेतृ चौधरीले विपन्न, गरिब र सिमान्तकृत समुदायको आर्थिक अवस्थामा सुधार ल्याई मुलुकमा आर्थिक समृद्धि गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उद्योग कलकारखाना, रोजगारी सिर्जनासँगै गरिबी निवारणका क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रमुख उद्देश्यका साथ चुनावमा सहभागी भएर जनताको घरदैलोमा आएको छु भन्नुभयो ।

इटहरी, २३ कात्तिक ,नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धिको अभियान नै आफ्नो प्रमुख मुद्दा भएको बताउनुभएको छ ।

इटहरी उपमहानगरपालिकामा आयोजित चुनावी कोणसभामा उहाँले भन्नुभयो – “ सोहि अभियानअन्तर्गत आफूले लामो समयदेखि पूर्वी तराईका जिल्लामा गरिबी निवारणका लागि लघुवित्त कार्यक्रममार्फत आत्मनिर्भर अभियान सञ्चालन गर्दै आएकी छु ।”

सुनसरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएकी नेतृ चौधरीले विपन्न, गरिब र सिमान्तकृत समुदायको आर्थिक अवस्थामा सुधार ल्याई मुलुकमा आर्थिक समृद्धि गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उद्योग कलकारखाना, रोजगारी सिर्जनासँगै गरिबी निवारणका क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रमुख उद्देश्यका साथ चुनावमा सहभागी भएर जनताको घरदैलोमा आएको छु भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?