नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित, विश्वकपमा छनोट हुन सकेन
सारांश
- नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित भएको छ ।
- अफगानिस्तानसँगको दुबै खेलमा पराजित भएपछि नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन सकेन ।
- सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो ।
नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित भएको छ ।
अफगानिस्तानसँगको दुबै खेलमा पराजित भएपछि नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुन सकेन । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयो । नेपालका लागी दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।
नेपालसँग एक सय रनले विजयी भएको अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू १९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बलमा १ सय १ रन बनाएका थिए ।
नेपालले यसअघि भएका पाँच खेलमा चार खेल जितेको छ । यसअघिको खेलमा पनि नेपाल अफगानिस्तानसँगै पराजित भएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनोट हुन्छ । जितसँगै अफगानिस्तान १९ वर्षमुनिको विश्वकपका लागि छनोट भएको हो ।
टिभी अन्नपूर्ण बाट साभार ।
प्रतिक्रिया