संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन
सारांश
- काठमाडौँ, १२ भदौ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।
- प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।
काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया