हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

सारांश

  • काठमाडौं।
  • अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ।
  • गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो।

काठमाडौं। अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो।

इङ्ल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए। हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए। त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए।

यस अघि पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.४ ओभरमा अल आउट हुँदै ३१५ रन बनाएको थियो। इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?