लकडाउन वैशाख ३ गतेसम्म लकडाउन
सारांश
- काठमाडौं।
- सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको छ।
- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
काठमाडौं। सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो। मंगलबार (भोलि) लकडाउनको अवधि सकिने भएपछि सोमबार मन्त्रिपरिषद बैठक बसेर लकडाउनको अवधि एक हप्ता थप गर्ने निर्णय गरेको हो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिएपछि सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ। फोटोः राजन काफ्ले
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया