प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !

सारांश

  • बुटवल, ४ साउन।
  •   बुटवल, ५ नम्बर प्रदेशको अस्थायी राजधानी ।
  • राजधानी बुटवल भएसँगै जनचाप बढ्नुका साथै आपराधिक गतिविधि पनि बढ्दै गएका पाइन्छन् ।

बुटवल, ४ साउन।  बुटवल, ५ नम्बर प्रदेशको अस्थायी राजधानी । राजधानी बुटवल भएसँगै जनचाप बढ्नुका साथै आपराधिक गतिविधि पनि बढ्दै गएका पाइन्छन् । जसले गर्दा प्रहरीको काम पनि त्यति नै बढेको छ । प्रहरीहरू मुख्यमन्त्री, मन्त्री, संसद भवनको सुरक्षा, मर्यादापालक, पीएसओ लगायतका क्षेत्रमा खटाउनुपर्दा रूपन्देहीमा प्रहरीको संख्या कम हुँदै गएको छ । सुरक्षा व्यवस्था कडा र धेरै क्षेत्र हेर्नुपर्ने प्रहरीमा जनशक्ति अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको प्रहरीले पटक–पटक जनाएको छ ।

रूपन्देहीमा नेपाल प्रहरीको प्रादेशिक हेडक्वार्टर समेत छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले पर्याप्त जनशक्ति नहुँदा प्रदेश राजधानी भइसकेको बुटवलमा सुरक्षा व्यवस्था चुस्त बनाउन आफूहरूलाई चुनौति थपिएको बताए । लामो समयसम्म ईलाका प्रहरी कार्यालयमा प्रहरी बढाइएको छैन । ‘१ जना प्रहरीले १ हजार ४ सय ७८ जना जनतालाई सुरक्षा दिनुपरेको छ । त्योसँगै प्रदेश राजधानीका भीआईभीलाई छुट्टै सुरक्षा आवश्यक पर्छ । इप्रका बुटवलमा जम्मा ४ सय ५० प्रहरीको दरबन्दी छ ।

जनशक्ति अभावमा सुरक्षा दिन समस्या हामीलाई समस्या भयो,’ डीएसपी मल्लले भने, ‘सीमित साधन र स्रोतका कारण गर्न असहज भएको छ । रूपन्देहीमा १ हजार २ सय ३७ प्रहरीको दरबन्दी छ । जसमध्ये १ हजार १ सय १० जना मात्र कार्यरत छन् । लाेकान्तरका अनुसार  स्रोतसाधन सीमित, बजेट अभाव, जनशक्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ ।’ सडक दुर्घटना पनि उत्तिकै भइरहेका छन् । इलाका प्रहरीको पूर्वमा देवदह, पश्चिम सालझण्डी उत्तरमा शिद्धबाबादेखि दक्षिणमा मंगलापुरसम्मको क्षेत्र पर्छ । ‘जुलुस, होहल्ला र भीडभाड हुने अवस्था आउन थाल्यो भने सहयोग लिनुपर्छ,’ डीएसपी मल्लले भने ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले प्रदेश राजधानीसँगै प्रहरीको जिल्ला प्रहरीको संख्या थप गर्न आवश्यक देखिएको छ ।‘यहाँ १ हजार २ सय ३७ दरबन्दी छ,’ उनले भने, ‘दरबन्दी अनुसारका प्रहरी पनि छैनन् । अब सीमा नाका समेत रूपन्देहीमा हुँदा प्रहरीले धेरै ठाउँ हेर्नुपर्छ । त्यसैले यहाँ संख्या थप गर्नुको विकल्प छैन ।’ गृह मन्त्रालयले केही समय अगाडि दरबन्दी थप गर्ने बताएपनि अहिलेसम्म थप भएको छैन ।
लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

बुटवल पछिल्लो समय लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुटवल र आसपासको क्षेत्र लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । इप्रका बुटवलमा दर्ता भएका लागूऔषध सम्बन्धी मुद्दाले कारोबार र सेवन गर्नेको संख्या बृद्धि हुँदै गएको देखाएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागूऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको मल्लले बताए । उनले त्यसको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ३ वर्षको अवधिमा लागूऔषध कारोबार दोब्बर बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४/७५ मा ८४ वटा लागूऔषध कारोबारको मुद्दा दर्ता भएको मल्लले जानकारी दिए ।
आत्महत्या गर्नेको संख्या डरलाग्दो
बुटवल र त्यस आसपास आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हुँदै गएको छ । एकातर्फ झुण्डिएर आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हँुदै गएको छ भने विष सेवनबाट मृत्यु हुनेको संख्यामा पनि खासै कमी आउन सकेको छैन । आर्थिक वर्ष २०७४/०७५ मा झुण्डिएर र विष सेवनवाट ९२ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर ४५, विष सेवनबाट ३७ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bijay Gurung

    Tei ho vip 10000 jana vanda dherai chann..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता
आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
डिआइजीबाटै आइजिपी नियुक्त हुने, दौडधुप सुरु
डिआइजीबाटै आइजिपी नियुक्त हुने, दौडधुप सुरु
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
काठमाडौंको गोंगबुमा टाउकोबिनाको शव फेला, घट्नास्थलमा प्रहरी
काठमाडौंको गोंगबुमा टाउकोबिनाको शव फेला, घट्नास्थलमा प्रहरी
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 

तपाईंले छुटाउनुभयो कि?