च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल

सारांश

  • हुम्लाका अन्दाजी ३० वर्षीय राजु महताराको भीरबाट लडेर मृत्यु भएको छ ।
  • महरा च्याउ खोज्न जाने क्रममा भीरबाट लडेका हुन् ।
  • साउन १८ गते विहान लिवलाइट नामको च्याउ खोज्न भनेर महतारा घरबाट निस्किएका थिए ।

हुम्लाका अन्दाजी ३० वर्षीय राजु महताराको भीरबाट लडेर मृत्यु भएको छ । महरा च्याउ खोज्न जाने क्रममा भीरबाट लडेका हुन् । साउन १८ गते विहान लिवलाइट नामको च्याउ खोज्न भनेर महतारा घरबाट निस्किएका थिए । हुम्लाको रिपमै रहेका स्थानीय पत्रकार विष्णु फडेराले जनाए अनुसार आर्थिक अवस्था कमजोर भएका महतारा च्याउ खोजेर बेच्ने उद्देश्यले घरबाट हिडेका थिए ।

घरमा चार जना छोरालाई पढ्दै गर भनेर निस्किएका थिए । लामो समय घर नफर्किएपछि गाउँलेले खोजी गर्दा उनी साउन १९ गते मृत अवस्थामा फेला परेको सृकोट प्राविका शिक्षक नवराज फडेराले बताए । शिक्षक फडेराका अनुसार लिबलाइट नामको च्याउ खोज्न प्राय गाउँले जाने गर्थे । २८ हजार रुपैयाँ प्रति किलोग्रामसम्म बिक्ने उक्त च्याउले पछिल्लो समय मुल्य नपाएपछि गाउँलेले संकलन गर्न छोडेका थिए । तर राजु भने उक्त च्याउको खोजीमा जाने गरेका थिए ।

तर यसपटक भने च्याउको खोजीमा गएर राजु फर्किएर आएनन् । मृतक राजुका दुई जुम्ल्याहा सहित ४ छोरा छन् । उनका १० वर्षीय जेठा छोरा कक्षा ४ मा, ८ वर्षीय दुई जुम्ल्याहा कक्षा १ मा र ५ वर्षीय कान्छा छोरा छन् । राजुकी श्रीमती सुस्त मनस्थितिकी र बोल्न नसक्ने अवस्थाकी छिन् । बाबुको निधन भएसँगै परिवारको बिचल्ली भएकाले सामाजिक सञ्जालबाट सहयोगको अपिल गरिएको पत्रकार बिष्णु फडेराले बताए । बाबुको मृत्यु पछि चार बालकको अध्ययनको सम्भावन पनि सकिएको भन्दै उनीहरुको शिक्षाका लागि सहयोग गरि दिन पनि पत्रकार फडेराले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?