हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव

सारांश

  • सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा कांग्रेस नेता पद्मनारायण चौधरीसँग प्रतिस्पर्धा गरेका लगनलाल चौधरी आसन्न प्रदेशसभा निर्वाचनमा उनका छोरासँग  प्रतिस्पर्धामा उत्रेपछि चुनाव रोचक बनेको छ ।
  • लगनलाल राप्रपाबाट हालै सम्पन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।
  • अहिले उनी एमालेमा प्रवेश गरी वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क को उम्मेदवार बनेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा कांग्रेस नेता पद्मनारायण चौधरीसँग प्रतिस्पर्धा गरेका लगनलाल चौधरी आसन्न प्रदेशसभा निर्वाचनमा उनका छोरासँग  प्रतिस्पर्धामा उत्रेपछि चुनाव रोचक बनेको छ ।

लगनलाल राप्रपाबाट हालै सम्पन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । अहिले उनी एमालेमा प्रवेश गरी वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क को उम्मेदवार बनेका छन् ।

उनका भतिजा पूर्वमन्त्री पद्मनारायण चौधरीका छोरा सन्तोष चौधरी प्रदेशसभा १ क बाटै काग्रेसको तर्फबाट उम्मेदवार बनेपछि चुनाव रोचक बनेको हो ।यस्तै, दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेतृ सीतादेवी यादवसँग एमाले नेता प्रमोद यादवले प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशसभा निर्वाचनमा ३ ख बाट पूर्वमन्त्रीसमेत रेहकी सीतादेवी यादवका छोरा सुभासले उम्मेदवारी दिएका छन् भने, एमालेबाट प्रमोद यादव उम्मेदवार बनेका छन् । विगतमा सीतादेवीसँग प्रतिस्पर्धा गरेका प्रमोद अहिले प्रदेशसभामा उनैका छोरासँग प्रतिस्पर्धा गर्नुले पनि चुनाव रोचक बन्न पुगेको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?