किन बालुवाटार धाउँदैछन् नेपाल, खनाल र गौतम ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
किन बालुवाटार धाउँदैछन् नेपाल, खनाल र गौतम ?

सारांश

  • प्रधानमन्त्री केपी ओली आफूलाई मन नपर्ने दल वा व्यक्तिलाई जस्तोसुकै कटाक्ष गर्न पनि पछि पर्दैनन् ।
  • प्रधानमन्त्री भएपछि त झन उनको शैलीका कारण धेरै आलोचना खेप्नु परेको छ ।
  • तर केही समययता भने ओली लचक देखिएका छन् ।

प्रधानमन्त्री केपी ओली आफूलाई मन नपर्ने दल वा व्यक्तिलाई जस्तोसुकै कटाक्ष गर्न पनि पछि पर्दैनन् । प्रधानमन्त्री भएपछि त झन उनको शैलीका कारण धेरै आलोचना खेप्नु परेको छ । तर केही समययता भने ओली लचक देखिएका छन् । यद्यपी उनको शैली कुन बेला बदलिन्छ त्यो भने ठेगान छैन ।

प्रधानमन्त्री केपी ओली शक्तिशाली भए पनि विवाद र आलोचनाले छोडेको छैन । सरकार संचालनमा होस वा पार्टी संचालन, दुवैतिर उनी नेतृत्वमा छन् । तर सरकार संचालनको हकमा प्रतिपक्ष र आफ्नै पार्टीका नेताहरुबाट आलोचित हुने गरेका छन् । पार्टी संचालनका क्रममा पनि आफ्नै दलका नेताहरु रुष्ट भइरहेका छन् ।

यि सबै कुरालाई मध्येनजर गरेर हुन सक्छ, पछिल्लो समय ओली केही नरम बन्न खोजेको देखिन्छ । तर उनको शैली कुन बेला कडा र कुन बेला नरम हुन्छ भन्ने ठेगान पनि हुँदैन । जे होस पछिल्लो एक महिनायता ओलीले पार्टी्भित्रका आफ्ना विरोधीलाई पनि नरम व्यवहार गर्न थालेका छन् ।
केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । गत पुसको स्थायी स्थायी कमिटी बैठकमा यिनै नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को विरोध गरेका थिए । तर अहिले अवस्था फरिएको छ । पछिल्ला दिनमा शीर्ष नेताहरु ओलीलाई भेट्न वालुवाटार जान हिचकिचाउँदैनन् ।

यसका लागि ओलीले नै वातावरण सृजना गरेको प्रमुख प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालको भनाई छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गएको असार २० र २१ गते संसदीलय दलको बैठक राखेर गुनासाहरु सुनेका थिए । गुनासा सुन्ने क्रममा सरकार र पार्टीको आलोचना पनि सुनेपछि ओलीले आफ्नै दलका सांसदलाई पनि निर्देशन दिएर आफू पनि सच्चिने संकेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक डा. कुन्दन अर्याल बताउँछन् ।

प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ देखिएको थियो । प्रतिपक्ष र आफ्नै दलका नेताहरुलाई चिढ्याउने कामसमेत भयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता बामदेव गौतम ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिदै आएका छन् ।

अहिले भने ओलीले विभिन्न जिम्मेवारी दिएर सबै नेतालाई समदुरीमा राख्न खोजेको संकेत पाइन्छ । यद्यपी दलीय स्वार्थ हाबी हूँदा कुन बेला कस्तो व्यवहार प्रस्तुत हुन्छ, त्यो भने ठेगान छैन ।

रायमाझी भन्छन् ‘माधव नेपाललाई स्कुल विभाग दिनै हुँदैन ’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् । बरु, स्थायी समिति र केन्द्रिय समितिबाट ल्याउनुपर्छ ।’

उनले पूर्व प्रधानमन्त्री भैसकेकाहरुले त झनै कुनैपनि विभागको नेतृत्व लिन नहुने धारणा राखे । उनले नामै लिएर पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभाग दिन नहुने जिकिर गरे । त्यस्तै, झलनाथ खनाल र वामदेव गौतमलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने उनको सुझाव छ ।

उनले थपे,‘यदि उहाँहरुलाई विभागको नेतृत्व दिईयो भने पार्टी्भित्र द्धन्द्ध र विवाद हुन्छ । यो एकता दिगो होईन । भरपर्दो हुँदैन् । महाधिवेशन नभएसम्म एकताको महत्व छैन् ।’

नेकपामा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै आफ्नो व्यक्तिगत स्वार्थ हेर्दा विवाद लम्बिएको छ । सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन । आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।

ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेको छैन
साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।

पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’

विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?