सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ? यस्तो छ कारण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ? यस्तो छ कारण !

सारांश

  • बलिउड अभिनेता सनी देओल र शाहरुख खानबीच लामो समयसम्म चलेको मनमुटाव जगजाहिर छ ।
  • यो झगडा फिल्म ‘डर’ को सेटबाट सुरु भएको थियो ।
  • डर फिल्म पछि सनीले यश चोपडासँग काम नगरेको र १६ वर्षसम्म शाहरुख खानसँग कुरा नगरेको भारतीय संचार माध्यमले बताउने गरेका छन् ।

बलिउड अभिनेता सनी देओल र शाहरुख खानबीच लामो समयसम्म चलेको मनमुटाव जगजाहिर छ । यो झगडा फिल्म ‘डर’ को सेटबाट सुरु भएको थियो । डर फिल्म पछि सनीले यश चोपडासँग काम नगरेको र १६ वर्षसम्म शाहरुख खानसँग कुरा नगरेको भारतीय संचार माध्यमले बताउने गरेका छन् ।एक टिभी च्यानलसँगको कुराकानीमा सनीले डरको सेटमा भएको मनमुटावबारे खुलेर कुराकानी गरेका छन् । उनले भने, ‘फिल्ममा म कमान्डोको भूमिकामा थिएँ र शाहरुख खानले मलाई चक्कुले हमला गर्नुथियो । म यति फिट थिएँ कि मलाई कसैले ९शाहरुख खान० कसरी चक्कु हान्न सक्छ भन्ने लाग्यो ।’‘यो कुरा मलाई चित्त बुझेन, अत्यधिक रिस पनि उठ्यो । यश जी अग्रज हुनुहुन्थ्यो त्यसकारण म उहाँलाई केही भन्न सक्दिनथेँ । त्यतिबेला मैले रिसले आफ्नो हात जिन्सको खल्तीमा हालेँ ।

मलाई यति रिस उठेको थियो कि मेरो जिन्सको खल्ती कहिले च्यातियो, मलाई थाहा नै भएन ।’जब सनीलाई शाहरुख खानसँग १६ वर्षसम्म बोल्नुभएन हो रु भन्ने प्रश्न सोधियो तब उनले भने, ‘यस्तो होइन कि म बोल्दै बोलिनँ । थाहा छैन के हो । म खासैसमाजसँग रमाउने मान्छे होइन । कसैसँग धेरै कुरा गर्दिनँ । हाम्रो कहिले भेट नै भएन त कुरा कसरी गर्ने रु म यसै पनि कुनै पनि पार्टीमा जादिनँ, कार्यक्रममा पनि जादिनँ । हामी सँगै काम गर्छौं तर कोहीसँग पनि धेरै कुराकानी गर्दैनौं ।’डरको सेटमा शाहरुखदेखि निर्देशकसम्म पूरा युनिट उनीसँग डराउँथे हो रु भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुभित्र खोट भएका कारण सायद डराउनुभएको होला ।’ त्यसपछि उनी हाँस्न थाले ।कामको कुरा गर्ने हो भने अन्तिम पटक फिल्म जिरोमा देखिएका थिए । फिल्मले बक्स अफिसमा खासै प्रतिक्रिया पाएन । यस्तै, सनी देओल गुरदासपुरबाट भाजपाका सांसद हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह– सचिव ज्ञवाली
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री

तपाईंले छुटाउनुभयो कि?