फापरको फुलले लाेभिँदै पर्यटक !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
फापरको फुलले लाेभिँदै पर्यटक !

सारांश

  • मनाङ, ७ भदौ ।
  • प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ ।
  • मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो ।

मनाङ, ७ भदौ । प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो । बर्षेनी हजाराँै पर्यटकको आगमन हुने जिल्ला मनाङका भिरालो तथा सम्म पाखाहरुमा लगाइएको फापर फुलेसँगै मनाङको प्रकृति रङ्गीन देखिएको छ । हिमाल, ताल दृश्यावलोकन तथा साहसिक यात्राका लागि आउने पर्यटकहरु यतिबेला फापर फुलको रङ्गमा रमाउन पाउँदा निकै भाग्यमानी सम्झन्छन् ।

पदमार्गको वरिपरि फुलेको फापरको फूलले पर्यटकहरुलाई थप रोमाञ्चक बनाईदिएको पर्यटन व्यवसायी बताउछन् । “पदयात्रा गर्न आउने पर्यटकहरु यतिबेला फापर हेरेर रमाउँछन्,” ङिस्याङ–१, पिसाङका याङडुङ गुरुङले भन्नुभयो । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरु विश्व प्रसिद्ध थ्रोङला पास, गन्तव्य तिलिचोलगायत साहसिक भ्रमणका लागि मनाङ पुग्ने गर्दछन् । पर्यटन सिजन शुरु भएसँगै मनाङमा फुलेको फापरले पर्यटकहरुलाई थप आकर्षित बनाइदिएको छ । “हामी पदयात्राका लागि आएको हौँ,” क्यानडाकी चेल्सीले भन्नुभयो, “हामीले मनाङमा हिमालको दृश्य कल्पना गरेका थियाँै तर यहाँ फापरको रङ्गले हामीलाई लोभ्यायो ।”

पछिल्लो समय मनाङमा बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकहरुको पनि उल्लेख्य वृद्धि हुन थालेको छ । आन्तरिक पर्यटक पनि मनाङको फापरको रङ्गले निकै रोमाञ्चक दृश्य देखिएको बताउँछन् । “फापरको फुलेपछि त यहाँ छुट्टै रमाइलो हुने रहेछ,” आन्तरिक पर्यटक कृष्ण तिमिल्सेनाले भन्नुभयो, “हिमाल, ताल, फापरको फूल र पदयात्राका लागि मनाङ साँच्चै सुन्दर रहेछ ।” पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । कूल खेतीयोग्य दुई हजार १५३ हेक्टर क्षेत्रफलमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेती भइरहेको कृषि कार्यालय मनाङले जनाएको छ । फूल फुलेर निकै आकर्षक बनेको फापर कात्तिकको अन्त्यतिर कटनी गरिन्छ । मनाङका स्थानीयवासी फापरको ढिँडो, रोटीलगायत धेरै प्रकारका परिकार बनाएर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
शुद्धीकरण गरेको पानी वितरण
शुद्धीकरण गरेको पानी वितरण
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,

तपाईंले छुटाउनुभयो कि?