शिक्षा माटो सुहाउँदो हुनुपर्छ : ओली
सारांश
- काठमाडौं : एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा माटो सुहाउँदो हुनुपर्ने बताएका छन् ।
- अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विद्यार्थीको रुची अनुसारको शिक्षाप्रणाली हुनुपर्ने बताए ।
- जीवन उपयोगी शिक्षाले मात्र विकास निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ ।
काठमाडौं : एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा माटो सुहाउँदो हुनुपर्ने बताएका छन् । अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विद्यार्थीको रुची अनुसारको शिक्षाप्रणाली हुनुपर्ने बताए ।
जीवन उपयोगी शिक्षाले मात्र विकास निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ । ‘नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक छ,’ उनले भने ।
स्थानीय सरकारले आफ्नो माटो सुहाउँदो शिक्षा प्रणालीमा ध्यान दिनुपर्ने उनको तर्क छ । शिक्षा रोजगारमूलक, जीवनउपयोगी भएमात्र विकासले गति लिने ओलीको दाबी छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र शिक्षा ग्यारेन्टी गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै रवीन्द्र अधिकारीले स्थानीय तहले माटो सुहाउँदो शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रध्यापक मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल र एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले व्यवहारिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे।
प्रतिक्रिया