१० हजारका लागि एक युवकले गरे साथीको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
१० हजारका लागि एक युवकले गरे साथीको हत्या

सारांश

  • हङकङ ।
  • बुधबार बिहान हङकङको क्वाइचुङस्थित एक व्यक्तिले आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
  • १० हजार हङकङ डलरको विषयमा विवाद पर्दा उनले मासु काट्ने चक्कुको प्रयोग गरी आफ्नै साथीको हत्या गरेको प्रहरीले बताएको छ।

हङकङ । बुधबार बिहान हङकङको क्वाइचुङस्थित एक व्यक्तिले आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । १० हजार हङकङ डलरको विषयमा विवाद पर्दा उनले मासु काट्ने चक्कुको प्रयोग गरी आफ्नै साथीको हत्या गरेको प्रहरीले बताएको छ।

क्वाइफोङ स्टेटस्थित क्वाइहेइ हाउसको एक फ्ल्याटमा बुधबार बिहान करिब ३ बजे उक्त घटना घटेको हो।बुधबार बिहान करिब ३ बजे उक्त घटना घटेको हो।

घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले उनलाई भवनको लबीबाट पक्राउ गरेको हो । प्रहरी पुग्दा घाइते अवस्थामा रहेका पीडितलाई बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको थियो।

पीडित व्यक्ति आफ्नी प्रेमिकाको साथमा उक्त साथीसँग पैसाको कुरा गर्न उनको फ्ल्याटमा पुगेका थिए । उनीहरू पुगेपछि विवाद बढ्दै गयो र ती व्यक्तिले चक्कु निकाली प्रहार गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?