हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई

सारांश

  • काठमाडौं, २४ असाेज।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्रको भ्रष्टिकरण सुरु भएको बताएका छन् ।
  • उनले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजिनामा गर्न लगाएर बामदेव गौतमलाई चुनावमा लडाउनु खोज्नु राजनीतिक अनिष्टताको संकेत रहेको भन्दै लोकतन्त्रको भ्रष्टिकरण सुरु भएको बताएका हुन् ।

काठमाडौं, २४ असाेज। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्रको भ्रष्टिकरण सुरु भएको बताएका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजिनामा गर्न लगाएर बामदेव गौतमलाई चुनावमा लडाउनु खोज्नु राजनीतिक अनिष्टताको संकेत रहेको भन्दै लोकतन्त्रको भ्रष्टिकरण सुरु भएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले हारिसकेका बामदेवलाई सांसद बनाउन खोज्नु लोकतन्त्रको भ्रष्टिकरण भएको भन्दै चरम राजनीतिक अनिष्टताको संकेत भएको दावी गरेका छन् । उनले लेखेका छन् ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याऔं ।’

गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेससँग हारेका बामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउने तयारी गरिएको छ । क्षेत्र नम्बर ७ काठमाडौंमा उपनिर्वाचन गराएर बामदेवलाई सांसद बनाउनको लागि उक्त क्षेत्रका सांसद रामवीर मानन्धरले राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु
सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज
सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज
नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति
नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र