वृहत स्वास्थ्य शिविर

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
वृहत स्वास्थ्य शिविर

सारांश

  • राजविराज, १२ फागन,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ ।
  • नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।
  • उक्त शिविरमा छ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताउनभयो ।

राजविराज, १२ फागन,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त शिविरमा छ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताउनभयो । शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको जचाउने बिरामीको लागि निःशल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिनभयो ।

शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक÷कान÷घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा सुशीलबहादुर रावतले जानकारी दिनभयो ।

एघार दिनमा सात हजारदेखि ७०५ सम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’ तर, बिरामीको चापले स्वास्थ्यकर्मीको टोलीले राति ८ र९ बजेसम्म बसेर बिरामीको सेवा दिइएको उहाँले बताउनभयो ।

शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १२६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविर शनिबार भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु
७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो
बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !
बालुवाटार जग्गा प्रकरणमा दोषी जोगाउन चलखेल !
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
ललिता निवास जग्गा प्रकरण: निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चको आदेश
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
सरकारले बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढायो
सरकारले बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढायो

तपाईंले छुटाउनुभयो कि?