राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुनेभएको छ।
  • सङ्घीय संसद् सचिवालयले यसका लागि आज अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।

काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुनेभएको छ। सङ्घीय संसद् सचिवालयले यसका लागि आज अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए। आज ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४:१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए। मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार महासचिवले आजका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
जापानमा १०० जना मृत्युदण्ड पर्खदै
जापानमा १०० जना मृत्युदण्ड पर्खदै
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष  राणा चुनावी अभियानमा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा चुनावी अभियानमा
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?