११ महिनादेखि बसेन कांग्रेस बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ।
  • सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन।

राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो। राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ। तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन। विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ।

तर बैठक बोलाउन सभापति देउवाले मात्र होइन, कांग्रेसका अन्य नेताहरूले पनि खासै रुचि देखाएका छैनन्। केही आवश्यक निर्णय लिनुपरे कार्यसम्पादन समितिमार्फत गर्ने गरिएको छ। कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ।

त्यति मात्र होइन, महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानले गरेको छ। तर कांग्रेसले अहिलेसम्म पार्टीको केन्द्रीय कोषाध्यक्षसमेत मनोनीत गर्न सकेको छैन भने केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन।

विभागहरूको अवस्था अहिले पनि लथालिंग छ। उपसभापति नेतृत्वमा प्रशिक्षण र प्रतिष्ठान विभागका साथै प्रचार विभागबाहेक अन्य गठन हुन सकेको छैन। पार्टीका भ्रातृ संगठनहरूको अवस्था उस्तै रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?