राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
  • राष्ट्रियसभामा सोमबार उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभामा सोमबार उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

वाम गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेर निर्विरोध निर्वाचित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ तथा तत्कालीन राम्जा देउराली गाविसमा जन्मिएका हुन् । राष्ट्रियसभामा प्रदेश नं ४ बाट विजयी तिमिल्सिना बाबु तुलसीप्रसाद तिमिल्सिना तथा आमा हिरादेवी तिमिल्सिनाको कोखबाट २०१८ साल जेठ १२ गते उनको जन्म भएको हो ।

राम्जा ठाँटीस्थित पशुपति उच्च माविबाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरेका तिमिल्सिनाले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गरेका तिमिल्सिना युवासंघको केन्द्रीय सदस्य, मुस्ताङ जिल्ला र बाग्लुङ जिल्लाको सचिवको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरिसकेका छन् ।

पञ्चायतकालमा राजनीतिमा लागेका कारण २०४२ साल साउनदेखि २०४६ साउनसम्म तिमिल्सिनाले जेल जीवन पनि बिताए । वि सं २०४६ सालको आन्दोलनमार्फत बहुदलीय व्यवस्था लागू भएपछि उनले जिल्लामा सक्रियता बढाउँदै २०४९ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्षमा निर्वाचित भए । त्यसैगरी २०५४ सालको स्थानीय निर्वाचनमा समेत राम्जाकै अध्यक्ष हुँदै जिल्ला विकास समितिको सभापतिमा समेत चुनिए । उनी २०५४ सालमा एमालेको बैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?