१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३०, २०७८
|
|
३२ पटक हेरिएको
Shares
१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु

सारांश

  • आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुँदैछ।
  • आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण आजबाट सुरु गर्न लागेको हो ।
  • केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको छ ।

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुँदैछ। आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण आजबाट सुरु गर्न लागेको हो ।

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको छ । यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो। १२ औं जनगणनाका लागि २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?