पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदै, महत्वपूर्ण भेटवार्ता हुने
सारांश
- काठमाडौं, ४ फागुन ।
- पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदैछन् ।
- उनी साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेका हुन् ।
काठमाडौं, ४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदैछन् । उनी साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेका हुन् । शाहले दिल्लीमा महत्वपूर्ण भेटघाट गर्ने तय भएको उनी निकट स्रोतले बताएको छ । शाह दुई साता भारत बस्ने तय भएको छ । उनीसँग निकटस्थहरु समेत रहेका छन् । उनको दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
केही दिनअघिमात्र सिक्किमबाट स्वदेश फर्किएका उनी दिल्ली जान लाग्नुले नयाँ रहस्य जन्माएको छ । सिक्किममा रहँदा उनले भारतको सत्तारुढ दल नजिक रहेका केही व्यक्तिसँग भेटेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया