गाडी पल्टिँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
४९ पटक हेरिएको
Shares
गाडी पल्टिँदा एकको मृत्यु

सारांश

  • हेटौँडा ।
  • मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
  • आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।

बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरगरेमा जानकारी गरी उद्धारमा खटिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा
चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा
इलाममा पुस २० मा लगानी सम्मेलन हुने
इलाममा पुस २० मा लगानी सम्मेलन हुने
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
सर्वदलीय बैठकको टुंगो लागेन
सर्वदलीय बैठकको टुंगो लागेन
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी