१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
सारांश
- कठमाडौं, १ पुस।
- सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनमा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो।
कठमाडौं, १ पुस। सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनमा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो।
यो विशेष कार्ययोजना अन्तर्गत सरकाले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ। माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु¤याएको बताइएकाे छ। सो कार्ययोजना अनुसार प्रशासन, स्वास्थ्य इन्जिपनयरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिवसम्म नै लोकसेवा खुल्ने निश्चित भएको हो।
प्रतिक्रिया