१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना

सारांश

  • काठमाडौं १५ माघ ।
  •  एकजना १५ वर्षीया बालिका बलात्कारको आरोपमा तरहराबाट तीनजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा प्रकाश खड्का, सुवास विक र भीमबहादुर परियार छन् ।

काठमाडौं १५ माघ । एकजना १५ वर्षीया बालिका बलात्कारको आरोपमा तरहराबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश खड्का, सुवास विक र भीमबहादुर परियार छन् । कक्षा ७ मा पढ्ने ती बालिकाको पेटमा गर्भ भएको थाहा भएपछि बलात्कारको घटना खुलेको हो । पक्राउ परेका तीनैजनाले फरक फरक समय र ठाउँ जिकिर गरेपछि तीनजनाले सामुहिक बलाकार गरेको भने नखुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर बुद्धि चौलागाईँले बताए ।

‘कात्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थान बताएका छन्,’ यौनसम्बन्धको लागि बाँस झ्याङदेखि आफ्नै कोठालाई प्रयोग गरेको खुलेको बताउँदै चौलागाईले भने ।

फकाएर सम्बन्ध कायम गरेको देखिएको चौलागाईले जानकारी दिए । उनले भने, ‘तर अहिलेको कानुनले १८ वर्षभन्दा मुनीको बालिकासँगको सम्बन्धलाई बलात्कार मान्छ ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको चौलागाईँले बताए ।

यसअघि पनि तरहराकै एक १४ वर्षीया बालिकालाई इटहरीको रिर्सोटमा लगेर दुईजनाले बलात्कार गरेको खुलेको थियो । उक्त घटना मिलाउन भूमिका खेलेको भन्दै स्थानीय जनप्रतिनिधि र प्रहरी अधिकारीसमेतको भूमिकामा शंका गरिएको थियो । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?