अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए

सारांश

  • वासिङ्टन डिसी।
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको महाअभियोगको प्रस्तावबाट मुक्त भएका छन ।
  • अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आज बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए ।

वासिङ्टन डिसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको महाअभियोगको प्रस्तावबाट मुक्त भएका छन । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आज बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए । उनको पक्षमा ५२ सिनेटरहरुले मतदान गरेभने बिपक्षमा ४८ सिनेटरहरुको मत परेको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै बिभाजित र बिबादित बन्दै आएको छ । माहाअभियोग सम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेत्तृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पद्का पुर्व उम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभाबशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउनु पर्ने पक्षमा मतदान गरेका थिए । मतदानका क्रममा उनले आफ्नु देश र भगवान समक्ष खाएको सपथको इज्जत गरेको बताउदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरुको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आरोपमा छुटाछुटै मतदान भएको थियो । यो मतदान पर्टीलाइन अनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण महाअभियोगबाट बच्न सफल भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?