आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३१ पटक हेरिएको
Shares
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् ।
  • सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गरे ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गरे ।

‘नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ’, उनले भने, ‘अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।’ फरक प्रसङ्गमा अध्यक्ष यादवले सरकारमा बाँकी रहेका मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे ।

उनले पार्टीबाट कस्को नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे छिट्टै निर्णय गरिने पनि जानकारी दिए । ‘अहिलेको अवस्थामा वृहत राष्ट्रिय समझदारीको आधारमा सरकारको स्थायित्व र आर्थिक विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्छ । मुलुकमा राजनीतिक अस्थिरता रहिरह्यो, सरकार चाँडो–डाडो (दुई महिना–छ महिनामा फेरिनु) बद्लिरह्यो भने देशको विकास र प्रणाली माथि पनि असर पर्छ, त्यसले जनतालाई फाइदा पुग्दैन’, अध्यक्ष यादवले भने ।

संसदीय प्रक्रियामा संसदीय समितिको महत्वपूर्ण भूमिका रहने भएकाले समितिमा पार्टीको तर्फबाट सक्रिय भूमिका रहने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?