उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
सारांश
- उदयपुर ३ भदाै ।
- उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-७ नर्कटे स्थित ध्वाँसे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा भदाै २ गते हिजो शनिबार १ युवकको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा उदयपुगढी गाउँपालिका-७ नर्कटे बस्ने वर्ष २० को कैलाश राना मगर रहेका छन् ।
उदयपुर ३ भदाै । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-७ नर्कटे स्थित ध्वाँसे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा भदाै २ गते हिजो शनिबार १ युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुगढी गाउँपालिका-७ नर्कटे बस्ने वर्ष २० को कैलाश राना मगर रहेका छन् । शनिबार दिउँसो २ बजे बिजुलीको मेन लाईबाट करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा अचानक चिप्लिएर खोलामा खस्दा कैलाशलाई करेन्ट लागेको र घटनास्थलमै उनको मत्यु भएको जिल्ला प्रहरी कार्यालय का डीएसपी मेघराज अधिकारीले जनाएका छन।घटनास्थलमा ईलाका प्रहरी कार्यालय जलजलेबाट टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया