२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
सारांश
- काठमाडौं ।
- सरकारले नीति तथा कार्यक्रम आगामी २० गते पेश गर्ने भएको छ ।
- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ ।
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम आगामी २० गते पेश गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ । प्रिबजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने संसदीय अभ्यास भए पनि योपटक नीति तथा कार्यक्रम अगाडि नै ल्याउन लागिएको हो ।
आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको हो । सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यक तयारी गर्न संघीय संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन छ ।
प्रतिक्रिया