रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो

सारांश

  • रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं.
  • ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।
  • बिहानैदेखि सुरु भएको मतदानलाई प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् ।

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं. ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।

बिहानैदेखि सुरु भएको मतदानलाई प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् । उता बयलीगाउँ मतदान स्थालका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि यसको कुनै प्रभाव नपरेको बताएका छन् ।

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने यस बारेमा प्रहरीलाई कुनै जानकरी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?