२१ क्याम्पसमा महिला प्रमुख हुनु पर्ने माग

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
२१ क्याम्पसमा महिला प्रमुख हुनु पर्ने माग

सारांश

  • आन्दोलनरत महिला प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
  • काठमाण्डूस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरूले त्रिवि पदाधिकारीले आफूहरूको मागलाई बेवास्ता गर्दै आएको बताए।
  • ‘संवैधानिक व्यवस्था अनुसार’ देशभरका ६१ वटा क्याम्पसमध्ये २१ वटामा महिला प्रमुख हुनुपर्ने उनीहरूको अडान छ।

आन्दोलनरत महिला प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

काठमाण्डूस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरूले त्रिवि पदाधिकारीले आफूहरूको मागलाई बेवास्ता गर्दै आएको बताए।

‘संवैधानिक व्यवस्था अनुसार’ देशभरका ६१ वटा क्याम्पसमध्ये २१ वटामा महिला प्रमुख हुनुपर्ने उनीहरूको अडान छ।

उनीहरूले त्रिवि उपकुलपति, रेक्टर र रजिष्टारको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्।

केही दिनभित्रै माग पूरा नभए आन्दोलन थप चर्को बनाउने उनीहरूले बताए।

त्रिविले उक्त मागहरू नीति अनुरूप नभएको बताउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?